- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनगढी। धनगढी प्रिमियर लिग डिपीएल क्रिकेट सोमबारदेखि धनगढीमा सुरु हुँदैछ । कैलालीको धनगढी क्षेत्रीय प्रहरी कार्यालयको मैदानमा हुने टी–२० प्रतियोगितामा नेपालका चर्चित ६ सहरको प्रतिनिधित्व गर्दै टिमहरु भिड्ने छन् ।
भारतमा चलिरहेको आइपीएल क्रिकेटको रुपजस्तै व्यवसायिक रुपमा डिपीएल हुन लागेको हो ।
सोमबारको पहिलो खेलमा ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको सिवाइसी अत्तरिया र बसन्त रेग्मीले नेतृत्व गरेको काठमाडौं गोल्डेन्सबीचको भिडन्त हुनेछ ।
सोमबारको दोस्रो खेलमा शक्ति गौचन नेतृत्वको रुपेन्देही च्यालेन्जर्स र विनोद भण्डारी नेतृत्वको कञ्चनपुर आइकोनिकबीचको भिडन्त हुनेछ ।
बाँकी दुई टिममा पारस खड्का नेतृत्वको टिम चौराहा धनगढी र
शरद भेषवाकर नेतृत्वको विराटनगर किंग्स रहेका छन् ।
आइतबार भने नेपाली राष्ट्रिय खेलाडीहरुको टोली नेपाल ११ ले आयोजकको टोली धनगढी ११ सँग च्यारिटी खेल खेल्दैछ ।
यो खेलबाट जम्मा भएको रकम धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणमा खर्चिने आयोजकले जनाएको छ ।