- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कञ्चनपुर । आईतबारदेखि कैलालीमा हुने धनगढी प्रिमियर लिगमा कञ्चनपुरबाट आईकोनिक टिम सहभागि हुने भएको छ । आईकोनिक कञ्चनपुरले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितमा सहभागिता जनाउने जनाएको छ ।
आईकोनिक कञ्चनपुरका अध्यक्ष पिताम्बर जोशीले कञ्चनपुरबा समेत शसक्त टिम सहभागि हुने बताए । उनका अनुसार क्रिकेटका अन्तर्राष्ट्रिय खेलाडी विनोद भण्डारी चन्द्र साउद लगायतको टिम सहभागि हुने छ । प्रतिशक अशोक नाथ रहेका छन् । कञ्चनपुर आईकोनिकका उपाध्यक्ष अशोक पाण्डेले क्रिकेट क्षेत्रको विकासका लागि आफुहरु लागेको बताए ।
क्रिकेटलाई अझ योजनाबद्ध र व्यवसायिक हिसाबले लैजानको लागि धनगढी क्रिकेट एकेडेमी (डीसीए) र सुदुरपश्चिमाञ्चल ऐकेडेमी (एसपीए) को नयां योजनाका साथ शहरहरु केन्द्रित लिगको तयारी सकिएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले बताए । नेपाली क्रिकेटको विकेन्द्रीकरण र व्यवसायिक पाईलामा नया आयाम हुने आयोजकले जनाएको छ । उद्घाटन खेलमा नेपाल ११ र धनगढी ११ बिचमा खेल हुनेछ । खेलको सवै तयारी सकिसकेको छ । सो च्यारिटी खेलबाट खर्च कटाएर बचेको रकम ड्रिम फाप्लालाई हस्तान्तरण गरिने अध्यक्ष शाहीले बताए ।
धनगढी क्रिकेट एकेडेमी (डीसीए) र सुदुरपश्चिमाञ्चल एकेडेमी (एसपीए) को सयुक्त आयोजनामा हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) नेपाली क्रिकेमा नौलो संरचना, नेपालकै सबभन्दा ठूलो धनराशिको पुरस्कार भएको सुदुरपश्चिमाञ्चल एकेडेमीका पिूसिन्पल पुष्पराज जोशीले बताए ।
यस अघिको देशकै सर्वाधिक ठुलो धनराशीको क्रिकेट प्रतियोगिता ‘होटल डिभोटी एसपीए कप’ र नेपालमै पहिलो पटक खेलाडीको अक्सन प्रक्रियाद्धारा आयोजित ‘सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग’को मर्जरको नयाँ स्वरुप नै ‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग’ धनगढी क्रिकेट एकेडेमीसग मिलेर आयोजना गरेको प्रिन्सिपल जोशीले बताए। देशभरिका विभिन्न ६ शहरबाट टिम छनोट गरिएको छ ।
प्रतियोगिता टि–२० को आधारमा हुनेछ । लिग चरणमा प्रत्येक टिमले एक आपसमा एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ । प्रतियोगितामा दर्शकहरुका लागि टिकटदर रु ३०, ५०, ८० र र १०० रहनेछ ।
टिकटबाट प्राप्त हुने रकमको २० प्रतिशत धनगढी क्रिकेट एकेडेमीका दिवांगत पुर्व प्रशिक्षक अर्जुन खड्का ज्युका छोराछोरीको अध्ययनका लागि कोष खडा गर्न छुट्याइनेछ । कप्तानको टुंगो भने लक्की ड्र बाट गरिएको हो । उनीहरुले समान १ लाख ५० हजार पारिश्रमिक पाएका छन । प्रतियोगिताको पुरस्कार राशीमा मात्र २७ लाख रुपैया खर्च हुने धनगढी क्रिकेट एकेडेमीका निर्देशक महेश शाहले बताए ।