arrow

डीपीएल क्रिकेटपूर्वको च्यारिटीमा पारसको शानदार प्रदर्शन, धनगढी–११ पराजित

logo
प्रकाशित २०७३ चैत २७ आइतबार
DPL_cricket.jpg

कैलाली । धनगढी प्रिमियर लिग डीपीएल सुरु हुनु एक दिन अघि ड्रिम फाप्ला अभियानको सहयोगार्थ भएको च्यारिटी खेलमा नेपाल–एघार विजयी भएको छ ।

धनगढीको प्रहरी खेल मैदानमा आइतबार भएको खेलमा नेपाल–एघार ३१ रनले विजयी भएको हो । धनगढी–एघारले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ १ सय ३० रन मात्रै बनाउन सक्यो ।

टस जितेर पहिले ब्याटिङ् गरेको नेपाल–एघारले १ सय ६१ रन बनाएको थियो । जवाफी व्याटिङ गरेको धनगढी–एघार ८ विकेट गुमाउँदै १ सय ३० रनमै समेटियो । नेपाल–एघारलाई जिताउन कप्तान पारस खड्काले सर्वाधिक ६८ रन बनाए ।

पारसले ४४ बलमा ४ छक्का र ७ चौकाको मद्दतले उच्च स्कोर बनाएका हुन् । बसन्त रेग्मीले ४३ रनको योगदान गर्दा शरद भेषावकरले १९ रन जोडे । धनगढीका लागि सुनिल धमलाले ३४ र दिपेन्द्र सिंह ऐरीले २६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले खासै प्रदर्शन गर्न सकेनन् । यो खेलबाट उठेको सहयोग रकम ड्रिम फाप्ला क्रिकेट रंगशाला निर्माणको लागि खर्च गरिने बताइएको छ ।

सोमबारदेखि प्रतियोगिताका औपचारिक खेलहरू हुनेछन् । उदघाटन खेलमा ज्ञानेन्द्र मल्ल नेतृत्वको सिवासी अत्तरिया र बसन्त रेग्मी नेतृत्वको काठमाडौं गोल्डन्सले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेताले १५ तथा उपविजेताले १० लाख रूपैया पुरस्कार पाउनेछन्।



नयाँ