arrow

आइपीएल क्रिकेटमा मुम्बईको रोमाञ्चक जीत, कोलकाता रोकियो

logo
प्रकाशित २०७३ चैत २८ सोमबार
ipl-mumbai-nitish.jpg

मुम्बई । भारतमा जारी रहेको आइपीएल टी–२० क्रिकेटमा मुम्बई इन्डियन्सले रोमाञ्चक जित पाएको छ । आइतबार राति मुम्बईमा भएको खेलमा मुम्बईले कीर्तिमानी जित हासिल गरेको कोलकाता नाइट राइडर्सलाई ४ विकेटले हराउँदै मुम्बईले जितको खाता खोलेको हो ।

पहिलो खेलमा पराजित भएको मुम्बईले दोस्रो खेलमा कोलकातालाई १७९ रनको चुनौती पछ्याउने क्रममा १ बल खेल्न बाँकी छँदै ६ विकेटको क्षतिमा पूरा गरेको हो ।

नितिश रानाले २९ बलमा ५० पार्थिव पटेलले २७ बलमा ३० तथा हार्दिक पाण्डेयले ११ बलमा नटआउट २९ रन बनाए । यसअघि कोलकाताले मनिष पाण्डेको ४७ बलमा नटआउट ८१ रनको मद्धतले ७ विकेटको क्षतिमा १७८ रन बनाएको थियो ।

यो खेलपछि ८ टोली सहभागी आइपीएलमा डिफेन्डिङ च्याम्पियन सनराइजर्स हैदराबाद र किंगस इलाभेन पञ्जाबमात्र अपराजित टिम बनेका छन् ।

हैदराबादले दुवै खेल जितेको छ भने पञ्जाबले एउटा खेल जितेको छ । गुजरात लायन्स दुवै खेल हार्ने टिम बनेको छ । 

आइपीएलमा सोमबार एउटामात्र खेल हुनेछ । राति ८ः१५ मा पञ्जाबले रोयल च्यालेन्जर्स बैंगलोरसंग खेल्नेछ ।



नयाँ