arrow

डिपीएल क्रिकेटः काठमाडौं अत्तरियाले दिएको १४७ रनको चुनौती पछ्याउँदै

योगेन्द्र कार्कीले बनाए पहिलो अर्धसतक

logo
प्रकाशित २०७३ चैत २८ सोमबार
DPL_Cricket_atariya_ktm.jpg

धनगढी । धनगढी प्रिमियर लिग डिपीएल क्रिकेट कैलालीको धनगढीमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा अहिले सीवाइसी अत्तरिया र काठमाडौं गोल्डेन्स भिडिरहेका छन् ।

खेल विजयका लागि काठमाडौंले १४७ रनको चुनौती पछ्याइरहेको छ । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरको खेलमा ६ विकेटको क्षतिमा १४६ रन बनायो ।

योगेन्द्र सिंह कार्कीले आकर्षक तथा प्रतियोगिताको पहिलो अर्धसतक बनाउने क्रममा ५७ रन जोडे ।

उनले ४१ बलमा १ छक्का र ७ चौकाको मद्धतले उक्त योगफल बनाए । ज्ञानेन्द्र कुँवरले २३ बलमा नटआउट ३४ रन बनाए । राष्ट्रिय टिमका खेलाडी सोमपाल कामीले २ विकेट लिए । 

अत्तरियाको नेतृत्व ज्ञानेन्द्र मल्लले तथा काठमाडौंको नेतृत्व बसन्त रेग्मीले गरिरहेका छन् । 

दोस्रो खेलमा दिउँसो १ बजे शक्ति गौचनको रुपन्देही च्यालेन्जर्स र बिनोद भण्डारीको कञ्चनपुर आईकोनिक भिड्ने छन् ।



नयाँ