arrow

आइपीएल क्रिकेटमा पंजाबको लगातार दोस्रो जित, बैंगलोर निराश

राति पुने र दिल्लीबीच भिडन्त

logo
प्रकाशित २०७३ चैत २९ मंगलबार
panjab-bangalore.jpg

इन्दोर । भारतमा जारी आइपीएल टी–२० क्रिकेटमा किंगस इलेभेन पंजाबले लगातार दोस्रो जित हासिल गरेको छ । पंजाबले घरेलु मैदान इन्दोरमा सोमबार राति रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले हरायो । बैंगलोरले एबीडे भिलियर्सको ४६ बलमा नटआउट ८९ रनले ४ विकेटको नोक्सानीमा १४८ रन बनायो ।

६८ रन बनाउँदा ४ विकेट गुमाए पनि त्यसपछि भने भिलियर्स र स्टुवार्ट बिन्नीले सम्हाले । बिन्नी १८ रनमा नटआउट रहे । जवाफमा पंजाबले १४.३ ओभरमै २ विकेटको नोक्सानीमा विजयी पायो । 


कम ओभरमै खेल जित्ने किर्तिमान रचेको पंजाबका लागि हसिम अम्लाले ३८ बलमा नटआउट ५८ रन बनाए । कप्तान ग्लेन म्याक्सवेलले २२ बलमा नटआउट ४३ रन बनाए । 


पंजाबले लगातार २ खेल जित्दा बैंगलोर भने तीन खेलमा दुईमा हार बेहोरेको छ । बैंगलोरमा कप्तान विराट कोल्ही घाइते हुँदा समस्या भएको त छ नै क्रिस गेलसमेत फर्ममा छैनन् । 


लिगमा मंगलबार राति ८ः१५ बजे राइजिङ पुने सुपर जाइन्टस र दिल्ली डेयर डेभिल्स पुनेमा भिड्दै छन् । पुने दुई खेलमा एकमा जित र १ मा हार बेहोरेको टिम हो भने दिल्ली एकमात्र खेल खेलेको छ । एक खेलमै पराजित भएको छ । 
 



नयाँ