- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको जिल्ला बाग्लुङमा चार वटा गाउँपालिकाको औपचारिक नतिजा सार्वजनिक हुँदा जनमोर्चाले खाता खोलेको छ ।
जनमोर्चाले बरेङ गाउँपालिकाको अध्यक्ष जितेको छ । जनमोर्चाका कृष्णप्रसाद शर्मा तीन हजार ३४ मतसहित गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका हुन् । उपप्रमुखमा भने एमालेकी दिलकुमारी पुन दुई हजार ९ सय ९५ मतसहित विजयी भइन् ।
अनौपचारिक रुपमा ७ वटा गाउँपालिकाको नतिजा आएपनि घोषणा चार वटाको मात्रे भएको बताइएको छ । नतिजा आएका मध्ये गल्कोट, निसिखोला, तमनखोलामा काँग्रेस विजयी भएको छ । काँटेखोलामा भने अध्यक्ष एमाले र उपाध्यक्ष जनमोर्चाले जितेको छ ।
पाँच वडा रहेको ताराखोलामा भने माओवादी केन्द्रले एकलौटी जितेको छ । यस्तै, ढोरपाटन र अर्को गाउँपालिकामा एमालेले अग्रता लिएको बताइएको छ ।