- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाँचथर । जिल्ला शिक्षा कार्यालय पाँचथरका करार सव इन्जिनियर मनोज कुमार यादव एक लाख २५ हजार रुपैंयाँ घुस लिंदै गर्दा मंगलबार रङ्गेहात पक्राउ परेका छन् । कार्यालय खुलेपछि घुस लिँदै गर्दा यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलिले रङ्गेहात पक्राउ गरेको हो ।
इन्जिनियर यादवले जिल्लाको साविक माङजाबुङ– १, मा रहेको सिद्ध सरस्वती माध्यमिक बिद्यालयको चार कोठे पक्कि भवनको फाइनल प्राविधिक रिपोर्टिङ तयार गर्ने क्रममा घुस मागेका थिए ।
त्यहीं घुस रकम लिँदालिँदै उनी कार्यालयमै पक्राउ परेका हुन् । वि.सं.२०७० सालदेखि निर्माण सुरु भएको उक्त भवन २०७३ सालमै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि विविध कारणले निर्माणमा ढिलाइ भएको बताइएको छ ।
इन्जिनियर यादवलाई अख्तियारको पूर्वाञ्चल क्षेत्रिय कार्यालयमा परेको उजुरीको आधारमा रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय प्रवक्ता रमेश बस्नेतले बताए ।