arrow

पृथ्वीनारायण बन्दै दाहाल (टिप्पणी)

भने,‘आत्मनिर्भर, स्वाधीन र स्वन्त्र राष्ट्र निर्माण सम्भव’

logo
प्रकाशित २०७२ पुष २६ आइतबार
dahal-dang-fnl.jpg.jpeg
काठमाडौं । एमाओवादी अध्यक्ष पुष्प कमल दाहालले आत्मनिर्भर, स्वाधीन र स्वन्त्र राष्ट्र निर्माण सम्भव रहेको बताएका छन् । पार्टीको प्रादेशिक समिति बैठक र कार्यकर्ता भेटघाटका लागि दाङ पुगेका दाहालले आफुसंग आत्मनिर्भरताको शुत्र रहेको जिकिर गरेका हुन् । दाहालले पार्टी कार्यकर्तालाई जनता, पार्टी र विचारप्रति निष्ठावान बन्न निर्देश समेत गरेका छन्  कम्युनिष्ट सत्ता गठबन्धनको दोस्रो ठूलो शक्ति एमाओवादी अध्यक्ष दाहालले यसअघि पनि बारम्बार आत्मनिर्भरताको नारा बेच्दै आएका छन् ।
 
लामो तराई आन्दोलन र नाका अवरोधले थलिएका नागरिकलाई सत्ताधारीहरु विभिन्न अभिव्यक्तिले जिस्काइरहेका टिप्पणी भइरहेपनि नेताहरुले बोल्न छाडेका छैनन् । दलहरुको रबैयाविरुद्ध नागरिक सडकमा उत्रन थालिसकेका छन् । कतिपय स्थानमा गणतन्त्र खारेज गरी राजतन्त्र फर्काउन भन्दै प्रदर्शन भइसकेका छन् । 
 
प्रधानमन्त्री केपी ओलीको औपचारिक भ्रमणमै खेलिरहेका दाहालले बारम्बार आत्मनिर्भरको प्रसंग उठाउँदै आएका छन् । यद्यपि, व्यवहारमा सिन्को भाँच्ने सम्म काम भएको छैन । वैशाख १२ को भूकम्पको पीडाले आफूहरुलाई एक ठाउँमा ल्याएको अभिव्यक्ति दिएका शीर्ष नेताहरु भूकम्पपीडितको विल्लीवाठ हुँदा समेत जिम्मेवार भएका छैनन् । एमाओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री भन्दा बढी संवेदनशील र जिम्मेवार हुनु पर्नेमा सस्तो लोकप्रियता बाँडिरहेका टिप्पणी भइरहेका छन् । 
 
उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक भएकैले पनि दाहालको भूमिका महत्वपूर्ण हुने विज्ञहरुको भनाई छ । दाहाल वर्तमान समस्या सुल्झाउने भन्दा पार्टीको आन्तरिक काममा व्यवस्त भएका छन् । विपक्षी नेपाली कांग्रेसले महाधिवेशनको तयारी गरिरहँदा सत्ताधारीहरु आ–आफ्नो आन्तरिक काममा लागेर फुर्सद मनाईरहेका छन् । मधेसको समस्या समाधान, संविधान कार्यान्वयनका लागि सहमति जुटाउने र अस्पष्ट पूराना नीतिहरुमा सुधार गरिनु पर्नेमा त्यसो हुन सकेको छैन । नाकाअवरोधले निम्त्याएको अभाव र कालोबजारीले निम्न आयस्तर भएका नागरिकको ढाड सेकिएको छ । 
 
गृहमन्त्रालय र प्रधानमन्त्री कायालयबीच झगडाले पूर्व विशिष्टहरुको समेत बिचल्ली भएको छ । पूर्व राष्ट्रपति डा. रामवरण यादवनै आवासको संकटमा परेको लाचारी बाहिर आइसकेको छ । अन्य विशिष्ट व्यक्तिहरुले पाउँदै आएको सुविधाको समेत चरम दुरुपयोग भएको छ । आन्तरिक स्रोत व्यवस्थापन र लगानी प्रवद्र्धन हुने कुनै ठोस योजना बनेको छैन । बन्दले उद्योग व्यवसाय धरासायी भएको छ । राजश्व र आर्थिक नोक्सानी बढ्दै गएको छ । औधोगिकरणको विस्तार हुन नसकेकामा भएकै व्यवसाय भन्द हुँदा परनिर्भरता चुलिँदै गएको छ । नेताहरुले भने जस्तो आत्मनिर्भरताको लक्षण बाहिर देखिँदैन ।
 
यस्तै, पृथ्वी जयन्ती नजिकिँदै गर्दा दाहालले पृथ्वीनारायण शाहको सीप र प्रविधि सिकाऊ, दक्ष जनशक्ति बनाऊ भन्ने दुरदर्शी सोचकै पेरिफेरीमा रहेर आत्मनिर्भर, स्वाधीन र स्वतन्त्र राष्ट्र परिकल्पना गरे । आफुलाई दाहालले राष्ट्रबादी भन्न रुचाउन थालेका छन् । कम्युनिष्टहरुले पृथ्वीनाराण नाम उच्चारण गर्न नसकेपनि व्यवहारको चर्चा गर्नु अर्थपूर्ण हुने विज्ञहरु बताउँछन् । दाहाल पछिल्लो समय राष्ट्रिय एकतामै बढी जोड दिइरहेका छन् । सप्तरीमा राष्ट्रिय एकता गर्ने सच्चा मधेसी खोजेका दाहालले दाङमा आत्मनिर्भर, स्वाधीन र स्वतन्त्र राष्ट्र निर्माण गर्न सकिने उद्घोष गरे ।    
 
 



लोकप्रिय समाचार
नयाँ