- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी । बलिउड निर्माता तथा निर्देशक संजय लीला भंसाली साहिर लुधियानवीको जीवनीमा चलचित्र बनउने तयारीमा रहेका छन् । सो वायोपिक चलचित्रमा अभिषेक बच्चन साहिरको भुमिकामा देखिने छन् । चलचित्रमा प्रियंका चोपडालाई अमृता प्रीतमको भुमिकामा लिने भनिएता पनि उनि छनौटमा परिनन् ।
भारतीय संचारमाध्यमका अनुसार संजय लीला भन्सालीले सो भुमिकाको लागि ऐश्वर्या राय बच्चनलाई पक्का गरेका छन् । संजय र ऐश्वर्याबीच भएको कुराकानीमा ऐश्यर्वाले चलचित्रमा अभिनय गर्न सहमति जनाएकी छन् । यदि यस्तो भए ऐश र अभिको जोडि पर्दामा पुन सँगै देखिनेछ ।
वायोपिकको निर्देशन जसमीत रीनले गर्ने छन् । चलचित्रको सुटिङ सन् २०१७ को अन्त्यसम्मा सुरु हुनेछ । ऐश्वर्या र अभिषेकको यो नौवौ चलचित्र हुनेछ । दुवैले सन् २००३ मा रोहन सिप्पीको चलचित्र ‘कुछ ना कहो’ मा पहिलो पटक सँगै अभिनय गरेका थिए ।
साहिर लुधियानवी भारतका प्रसिद्ध शायर तथा गीतकार हुन् । उनको जन्म ८ मार्च १९२१ लुधियानामा भएको थियो ।