- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर । विरामीको चापलाई मध्यनजगरगर्र्दै विराटनगर स्थित कोशी अञ्चल अस्पतालले अस्पतालमा १३ वेड थपगरी सेवा बिस्तार गरेको छ । अस्पतालले हाडर्जोनी विभागमा १३ बेड थप गरी सेवा बिस्तार गरेको कोशी अञ्चल अस्पतालका मेडीकल सुपरीटेन्डेन्ट डाक्टर रोशन पोखरेलले जानकारी दिए ।
हाडजोर्नी विभागमा जम्मा १७ बेड रहेकोमा अब थप गरेकोसँगै ३२ बेड संचालनमा रहेको छ । अस्पतालको आन्तरीक स्रोतबाट खाली रहेको भवनलाई मर्मतसंभार गरी वेड थप सेवा बिस्तार गरिएको हो । कोशी अञ्चल अस्पताललाई क्षेत्रीय अस्पतालको रुपमा विकास गर्ने नेपाल सरकारको रणनीति अनुसार सेवा बिस्तार हुदै आएको हो ।
अस्पतालमा दैनिक ओपिडी र इमरजेन्सीमा गरी एकहजार भन्दा बढी विरामी आउने गरेका छन । एक नम्वर प्रदेशको सवैभन्दा ठुलो सरकारी अस्पतालको रुपमा रहेको कोशी अन्चल अस्पतालले छुुटै भवनमा हाडर्जोनी सेवा संचालनमा ल्याएको छ । सेवा थप विस्तार गरेपछी उपचारमा सहज हुने जनाइएको छ । यस अघि विरामीको चाप र्धेरै हुने र अस्पतालको वेड नहुने समस्याले उपचारमा केही कठिनाई हुदै आएको थियो ।