arrow

वेष्टईण्डिजका शिवनारायण चन्द्रपालद्वारा क्रिकेटबाट सन्यासको घोषणा

logo
प्रकाशित २०७२ माघ ९ शनिबार
Chandrapaul_WI.jpg.jpeg
एजेन्सी। वेष्ट ईण्डिजका खेलाडी शिवनारायण चन्द्रपालले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। वेष्ट ईण्डिजकालागि १६४ टेष्ट क्रिकेट खेलेर ११, ८६७ रन बनाएका ४१ बर्षिय चन्द्रपालले सन्यास घोषणा गरेका हुन्। 
 
उनी मई २०१५ देखि वेष्ट ईण्डिज टिममा परेका थिएनन्। अन्तिम श्रृंखला ईङल्याण्डसँग खेलेका चन्द्रपालले राम्रो प्रदर्शन नगरेपछि टिमबाट बाहिरिएका थिए। टिममा फर्किने आशले केहि समय बिताए पनि उनले अन्तत: सन्यासको घोषणा गरेका छन्। 
टेष्ट क्रिकेटमा ५१.३७को औसतले ११, ८६७ रन बनाएका थिए। ३० शतक र ६६ अर्धशतक प्रहार गरेका चन्द्रपालले ९ विकेट पनि लिएका थिए।
 
स्टार ब्याट्सम्यान ब्रायन लारा भन्दा टेष्टमा ८६ रन कम बनाएका छन्। लाराले टेष्टमा कुल ११,९५३ रन बनाएका थिए।  उनले १४ टेष्टमा वेष्टईण्डिजको कप्तानी पनि गरेका थिए। 
स्टार ब्याट्सम्यान ब्रायन लारा भन्दा टेष्टमा ८६ रन कम बनाएका छन्
 
त्यसैगरि २६८ एकदिवसीय अन्तराष्ट्रिय खेलमा  ४१.६०को औषतले ८,७७८ रन बनाएका थिए। बलिङतर्फ उनले १४ विकेट लिएका थिए। सन् १९९४मा ईङल्याण्ड बिरुद्ध पहिलो टेष्ट खेलेका चन्द्रपालले सन् २०१५मा ईङल्याण्ड बिरुद्धै अन्तिम टेष्ट खेलेका थिए।उनले पहिलो टेष्टमा अर्धशतक (६२) बनाएका थिए। 
 
 सन् १९९४मा भारत बिरुद्ध पहिलो एकदिवसीय अन्त्राष्ट्रिय खेलेका उनले सन् २०११मा पाकिस्तान बिरुद्ध अन्तिम खेल खेलेका थिए। 
 



लोकप्रिय समाचार
नयाँ