- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बाजुरा । गौमुल गाउँपालिका वडा नं. ६ बसालामा रहेको सिमधारा लघुलजविद्युतको विद्युत कार्यालय आगलागी हुदाँ लाखौँको क्षेती भएको छ । शुक्रवार बेलुका साँढे १० बजेतिर विद्युतको तार एक्कासी सर्ट भएर आगलागी भएको अप्रेटर बहादुर सिंह थापाले बताए ।
आगलागीबाट कम्प्युटर १, डिसहोम १, खटिया २ वटा, कुर्सी ४ वटा, टेबुल २ वटा, काठको दराज १ वटा, काठको दराज १, ईमरजन्र्सी मिटर १, मल्डिमिडिया १, टि.भी.१, लाईनको तार ५ क्विन्टल, हिटर १ वटा र रेञ्च ३ वटा नष्ट भएको प्रहरीले जनाएको छ । साथै कार्यालय प्रयोजनमा रहेको रहेका सबै सामाग्रीहरु जलेर नष्ट भएका छन् ।
अन्य सामाग्रीहरु भाँडा,बर्तन,लत्ता कपडाहरु समेत जलेका छन् । साथै भवनका झ्याल,ढोका लगायत सबै सामाग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक हरि बहादुर ओलीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयबाट घटना स्थल तर्फ गएर मुचुल्का गरी फर्किएको उनले बताए । आगागीबाट करिव १२ लाख ५० हजार बराबरको क्षेती भएको अध्यक्ष हर्क बहादुर थापाले बताए ।