- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाँचथर । जबरजस्ती करणी गर्ने एक युवकलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको हिलिहाङ गाउँपालिका बस्ने २८ वर्षीय युवक रहेका छन् । गत फागुन २५ गते साँझ ५बजेको समयमा युवतिलाई जबरजस्ती करणी गरी कसैलाई नभन्नु भनि फरार रहेका थिए ।
अभियुक्तलाई गोप्य सुचनाको आधारमा फिदिम नगरपालिका १४ लुङरुपामा आफन्तको घरमा बसीरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोमबार जिल्ला अदालत पाँचथरबाट जबरजस्ति करणी मुद्धा अन्तर्गत म्याद लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले बताए ।