- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पुनर्वास,कञ्चनपुर । पश्चिम नेपालको कैलाली कञ्चनपुर यतिबेला मानव अधिकार उलंघन र महिला हिंसाका घटना चुलिँदै गएका छन । केहीदिन अघि कैलालीको घोडाघोडी नगरपालिकामा एक युवतीलाई बोक्सीको आरोपमा निर्मम रुपमा कुटपिट भएको घटना नसेलाउदैँ आज निर्मम रुपमा पनि युवती माथी कुटपिट भएको छ ।
बुधबार बिहान १० बजे भिमदत्त नगरपालीका वडा नम्बर ५ की २४ बर्षिया सोनी चन्दलाई भिमदत्त नगरपालीका १० गड्डाचौकी बस्ने २७ बर्षिय राकेश चन्दले सोनिको घरमै आई कुटपिट गरेका हुन । कुटपिटबाट सोनीको आँखामा गम्भिर चोट लागेको छ । राकेशले आफ्नो औँलाहरुले सोनीको आँखाघोचेको र उनको अनुहारमा तातो उम्लिरहेको घिउ फालीदिएका थिए ।
उनलाई उपचारका लागी महेन्द्रनगर आँखाअस्पतालमा ल्याईएको तर उनको आँखाबाट रगत बग्न नरोकिएको हुँदा थप उपचारका लागी कैलालीको गेटा अस्पताल लगिएको छ । सोनी माथी हमला गर्ने राकेश चन्दको खोजी भईरहेको कञ्चनपुर जिल्ला प्रहरी ले बताएको छ ।