arrow

११ वर्षे बालिकालाई लगातार ८ दिन बलात्कारपछि हत्या, शरीरमा ८६ प्रहार

logo
प्रकाशित २०७५ वैशाख २ आइतबार
Rape-Cases.jpg

काठमाडौं । सम्भवतः पापीहरुको बजारमा बालिका बलात्कार सबैभन्दा उच्च कोटीमा पर्छ होला । त्यसैले त बालिका बलात्कार बढ्दो छ । 

अझ भारतको सुरतमा एक ११ वर्षे बालिकालाई बलात्कारपछि निर्ममपूर्वक हत्या गरिएको छ । पोष्टमार्टम गर्दा शरीर ८६ वटा प्रहार भएका घाउका दाग छन् । 

पुलिसले क्रिकेट मैदानको छेवैमा बच्चीको शव फेला पार्यो । उक्त शव परीक्षणबाट लगातार ८ दिन बलात्कार भएको पुष्टि भयो । 

पुलिसले अझै बच्चीका अभिभावकलाई यसबारे जानकारी नदिइएको बताएको छ । 

बच्चीको गुप्तांगमा निकै गम्भीर चोटहरु रहेको पाइएको छ । 

न्यूज एजेन्सी एएनआईका अनुसार करिब ५ घण्टासम्म चलेको पोष्टमार्टमबाट पहिले बलात्कार र त्यसपछि प्रताडित गरेर मारिएको थियो । 

अहिलेसम्म बच्चीको पहिचान हुन सकेको छैन । अप्रिल ६ मा मिलेको उक्त शव परीक्षणबाट ८ दिनसम्म निरन्तर बलात्कारपछि उनको मृत्यु भएको हो । 



लोकप्रिय समाचार
नयाँ