arrow

देशको अपमान गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

logo
प्रकाशित २०७५ वैशाख १६ आइतबार
sanskriti-mantralaya.JPG

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशको नै बेइज्जत हुने गरी आफ्ना गतिविधि अगाडि बढाएको छ । 

मन्त्रालयले नेपालीलाई खाना पकाउनै आउँदैन र नेपाली खाना बनाउने तरिका नै आयातित हो भन्ने शैलीमा सन्देश सम्प्रेषण गरेको छ । 

मन्त्रालयको वेभसाइटमा नेपालको संस्कृति, परम्परा र रितिथितिलाई नै खिल्ली उडाउने शैलीमा खाना सम्बन्धमा लेखिएको छ –‘नेपालमा खाना पकाउने कुनै अनौठो तरिका छैन । तर पनि ठाउँका आधारमा फरक फरक खाना खाने चलन छ । नेपालको खाना भारतीय र तिब्बती खाना बनाउने तरिकाबाट प्रभावित छ । नेवारी र थकाली खानामा नेपालको खानाको आधिकारिक स्वाद पाउन सकिन्छ । धेरैजसो नेपालीहरुले चम्चा प्रयोग गर्दैनन् र दाहिने हातले खाना खान्छन् । दाल,भात, तरकाी र अचार नेपालीका नियमित खाना हुन् । मासुको परिकार लोकप्रिय भए पनि महंगो पर्ने भएकाले नेपालीहरु विशेष अवसरमा मात्र मासु खान्छन् । नेपालीहरुको खानामा मःम सबैभन्दा लोकप्रिय छ । कुनै कुनै घरमा रोटी र ढिंढो पनि पाइन्छ ।’

यसरी मन्त्रालयले नेपालीहरुको खिल्ली उडाएको छ । सूचना दिने नाममा नेपालीलाई मजाक बनाएको छ । अध्ययन र अनुसन्धान बिना नै हचुवाका तालमा सूचनाहरु राखिएको छ । 
 



लोकप्रिय समाचार
नयाँ