arrow

खोलाले जिप बगाउदा तीन जनाको मृत्यु

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ वैशाख २० बिहिबार
jip_accident_ph.jpg

बझाङ। जयपृथ्बी नगरपालिकाको सुवेडाको राउडी बजार नजिकै चौठेखोलाले जिप बगाउदा तीन जनाको मृत्यु भएको छ । बुधबार राती परेको भिषण बर्षाले जयपृथ्बी राजमार्गको सुबेडामा जयपृथ्बी नगरपालिको तमैलबाट चैनपुर तर्फ आँउदै  गरेको से १ ज ८२० नम्बरको जिप खहरे खोलाले बगाउदा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जिपका चालक कन्चनपुरको दोधारा चादनी घर भएका २६ बर्षिया रमेश चन्द , खप्तड छान्ना गाँउपालिका २ निम घर भएका तथा चैनपुरमा कस्मेटिक पसल सन्चालन गर्दै आएका अमर बहादुर बन, र केदारस्यूँ १ चौडाल्ला घर भएका २८ बर्षिया असु ओड रहेको प्रहरी नायब उपरिक्षक ऋसिराम कडेलले बताए ।

 जीप दुर्घटना भएको कसैलाई पनि जानकारी नभएको र विहान सुबेडाका स्थानीय बासिन्दाको खानेपानीको पाईप  खोलाले बगाएको र उक्त पाईप खोज्ने क्रममा खोलाले जीप बगाएको फेला परे पछी जिल्ला प्रहरी कार्यलयलाई जानकारी गराए पछी मात्रै उक्त जीप खोलाले बगाएको भनेर जानकारी भएको स्थानीय बासिन्दा दीपक जोशीले बताए  ।

बुधबार राती ८ बजेर ३० मिनेटमा घटना घटेको भएपनि बिहान स्थानिय बासीले खोलामा जिप पुरिएको अबस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । सडकबाट झण्डै एक सय मिटर तल खोलामा कडा चट्टान र भिरभएकाले माटो भित्र पुरिएकाले नेपाली सेना , नेपाल प्रहरी र स्थानियबासीहरुले जेसीबी लगाएर झण्डै ५ घण्टा पछि लासको उद्दार गरेका थिए । मृतकका आफन्तहरु आई नसकेकाले तीनै जनाको लास अहिल्य पोस्टमाटमका लागी जिल्ला प्रहरी कार्यालय राखिएको छ ।

 



लोकप्रिय समाचार
नयाँ