arrow

आँधिखोला लघुवित्तको शाखा छपियामा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ जेठ ९ बुधबार
meetis.JPG

स्याङ्जा । दश जिल्लाकार्य क्षेत्र रहने गरी नेपाल राष्ट्र वैंक ईजाजत प्राप्त गरेको आँधीखोला लघुवित्त संस्था रुपन्देहीको छपियामा पुगेको छ । स्याङ्जाको भीरकोटमा प्रधान कार्यालय रहेको लघुवित्तले छपियामा १४ औं शाखा खोलेको हो । जेठ ८ गते शाखा कार्यालय उदघाटन गर्दै कारोवार समेत शुरु गरेको जनाएको छ । शाखाको उद्घाटन कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सो कार्यालयको उदघाटन गरेकी हुन् ।

उदघाटन गर्दै मन्त्री पौडेलले लघुवित्तले गरिविको रेखामुनी रहेका नागरिकलाई आयआर्जनमा टेवा पुर्‍याउदै आएको बताउदै आगामी दिनमा गरिवी न्युनीकरणमा सरकारले पनि हातेमालो गर्ने बताईन् । समुहमा आवद्ध भएका सदस्यहरुले कृषिमा लगानी गरी कृषि फार्म सञ्चालन गर्न आग्रह गरीन् । कृषि फार्म संचालन गर्ने सदस्यलाई मन्त्रालयले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरीन् ।

स्याङ्जा जिल्लालाई लघुवित्तको माध्यमबाट कृषि, पशुपालन, व्यापार व्यवसायमा लगानी गरि नागरिकको आयआर्जनमा टेवा पुर्‍याउदै आएको लघुवित्तले अन्य जिल्लामा पनि व्याक्तिको जिवनस्तर उकास्न शाखा संचालनमा ल्याएको संस्थाका अध्यक्ष नरेश केसीले जानकारी दिए । संस्था तपाईहरुको माझमा आएको छ अध्यक्ष केसीले भने,‘यसबाट फाईदा लिने र मुनाफा कमाउने काम गर्नुहोस ।’ लघुवित्त संस्था गरिव र जेहन्दार नागरिकको आयबृद्धि गर्ने संस्था हो केसीले भने । जिल्लामा बाहिरबाट मात्रै एकदर्जन भन्दा बढी लघुवित्त संचालन हुदै आएपनि आँघीखोला लघुवित्त सदस्यमैत्री बनदै आएको सेवाग्राहीहरु बताउछन् ।

१४ महिना अगाडी राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले उदघाटन गरेर कारोवार शुरु गरेको संस्थाले हाल सम्म १४ ओटा शाखा ८ जिल्लामा खोली सकेको छ । ८ जिल्लामा १४ वटा शाखा मार्फत १० हजार भन्दा वढि सदस्यहरुलाई  सामुहिक जमानीमा ४५ करोड भन्दा बढि  कर्जा लगानी , ९ करोड बचत परिचालन गरेको संस्थामा प्रमुख कायीकारी अधिकृत डोलराज केसीले जानकारी दिए । आर्थिक बर्षको अन्त्य तिर सम्म संस्था १० जिल्लामा पुग्ने र १६ ओटा शाखा पुग्ने केसीको भनाई छ । अर्घाखाची र लमजुङ् जिल्लामा असार मसान्तभित्र दुई शाखा खोल्ने तयारीमा रहैको प्रवन्धक बावुराम कुँवरले जानकारी दिए । शाखा उदघाटन सगै वित्तिय साक्षरता पनि छिपियामा रहेका सदस्यहरुलाई दिइएको कुँवरले जनाए ।



लोकप्रिय समाचार
नयाँ