arrow

काँग्रेस नेता गुरुङले भने पहिले प्रधानमन्त्री मातहतमा सुशासन

logo
प्रकाशित २०७५ जेठ १० बिहिबार
dhanraj-puythan.jpg

प्युठान । नेपाली काँग्रेस प्युठानको ३ महिने गाउँ जाउ गाउमै रमाऔ, समय संगठन निर्माणमा लगाऔ अभियानको क्रममा अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन केन्द्रीय सदस्य धनराज गुरुङ प्युठानमा छन्।

प्युठानमा रहेका गुरुङले पत्रकारहरुसँग कुरा गर्दै देशको राज्यसत्ता परिवर्तन भएपनि नेताहरुको सोच परिवर्तन नहुँदा समस्या आएको बताए।

नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा गुरुङले जनजिबिकाका सवालमा नेताहरु बदलिन नसकेको तीतो पोखे। आफू समेतका नेताहरुलाई देखाउँदै उनले भने, ' नेपाली राजनितिमा नैतिकता हराएको छ। अब हामी नेताहरु परिवर्तन हुनुपर्छ । नेताहरुको सभ्रान्त जीवन शैलिले मुलुक परिवर्तन हुनै सक्दैन । '

सुगाँले रटे जसरी शुशासन नआउने उल्लेख गर्दै काँग्रेस नेता गुरुङले भने, ' प्रधानमन्त्री मातहतमा सुशासन हुनुपर्छ अनि मात्र अनुभुति गर्न सकिन्छ।'

दुई ठूला कम्युनिष्ट पार्टीको एकीकरणले मात्र मुलुक नबन्ने तर्क गर्दै गुरुङले यो केवल सत्ताको जोड घटाउ मात्र भएको टिप्पणी गरे। 

सरकारले गर्ने राम्रो काममा सहयोग गर्दै नेपाली काँग्रेसले सशक्त प्रतिपक्षीको भुमिका निर्वाह गर्ने उनले बताए। 

देश संघीय संरचनामा पुगेको अवस्थामा नेपाली काँग्रेसलाई पनि बिधान संसोधन गरेर संघीय व्यवस्थामा लैजानु पर्ने उनले बताए। 



लोकप्रिय समाचार
नयाँ