- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रुसमा हुने विश्वकप फुटबल सुरु हुन १० दिनमात्र बाँकी छ । यता दावेदार स्पेनको भने विजोग देखिएको छ ।
विश्वकपको वार्मअप खेलमा स्पेन घरेलु मैदानमै कमजोर खेल्यो । आइतबार रातिको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन स्वीट्जरल्याण्डसँग १–१ को बराबरीमा रोकिएको हो ।
२९ औँ मिनेटमा एल्भारो आड्रिओजोलाले गरेको भली गोलबाट स्पेनले अग्रता लिए पनि त्यो अग्रता जोगाउन नसक्दा उसले जित निकाल्न सकेन ।
स्वीट्जरल्याण्डका लागि रिकार्डो रोड्रिग्वेजले ६२ औँ मिनेटमा बराबरी गोल फर्काए ।
यो बराबरीपछि पनि एउटा आशा के भने स्पेन यसपटक धेरैजसोस्टार खेलाडीहरु बिना नै खेलेको थियो ।
विश्वकपका लागि स्वीट्जरल्याण्ड समूह इ मा छ र उसले आफ्नो पहिलो खेलमा जुन १७ मा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ । यो समूहमा कोस्टारिका र सर्विया पनि छन् ।
समूह बी मा रहेको स्पेनले पहिलो खेलमा जुन १५ मा पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ । स्पेनको समूहमा मोरक्को र इरान छन् ।