- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको तेस्रो बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा अहिले प्रधानमन्त्री निवास बालुवाटारमा शुरु हुँदैछ ।
पार्टीका महासचिव विष्णु पौडेलका अनुसार पार्टी स्थायी समितिको बिहीबार बस्ने बैठकको तयारीका लागि अहिले सचिवालय बैठक बस्न लागेको हो ।
यो बैठकले पार्टी विधान र नियमावलीसहितको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्नेछ । नौ सदस्यीय नेकपा सचिवालयको उक्त बैठकमा मुलुकको समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।