- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। प्रभु बैंकले आफ्ना दुई नयाँ शाखा विस्तार गरेको छ। शाखा विस्तार गर्ने क्रममा बैंकले मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर- २ कोवाङ र मनाङ जिल्लाको नाशोङ गाउँपालिका वडा नम्बर- ३ धारापानीमा शाखा संचालनमा ल्याएको हो ।
थासाङ गाउँपालिकाको अध्यक्ष बुद्धिप्रसाद शेरचनले थासाङ शाखा र नाशोङ गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले नाशोङ शाखाको उद्घाटन गरेका थिए । स्थानीयस्तरको निक्षेप र ऋण परिचालन गरेर विकास गर्ने लक्ष्यसहित शाखा खोलेको बैंकले जनाएको छ।