- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सून्दरी मोहले पनि नेपालको वैदेशिक व्यापार घाटा थप ढ्ने गरेको पाइएको छ । मुलुकको वैदेशिक व्यापार घाटा निरन्तर बढ्दो रहेको आवस्थामा वार्षिक अरबौँको कस्मेटिक मात्रै आयात हुने गरेको पाइएको हो ।
व्यापार नीकासी तथा प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७३–०७४मा मात्रै कुल ८ अर्ब ३ करोड ३४ लाख ९६ हजार ६ सय ६२ रुपैयाँको कस्मेटिक सामान मात्रै आयात भएको छ ।
केन्द्रका अनुसार कस्मेटिक वस्तुको आयात निरन्तर बढ्दै गएका छ । अघिल्लो आर्थिक वर्ष २०७२–०७३ मा कस्मेटिकको कुल आयात ७ अर्ब ३५ करोड २२ लाख ६ हजार ३ सय ५२ रुपैयाँको भएको थियो ।
त्यस्तै आर्थिक वर्ष २०७१–०७२मा कुल ७ अर्ब २५ करोड ९६ लाख ३३ हजार १ सय ९५ रुपैयाँको कस्मेटिक आयात भएको तथ्याङ्कले देखाएको छ । त्यस्तै आर्थिक वर्ष २०७०–०७१मा ६ अर्ब ९३ करोड ७२ लाख ९२ हजार २६ रुपैयाँको कस्मेटिक आयात भएको केन्द्रका तथ्याङ्कमा उल्लेख गरिएको छ ।
यसरी मुलुक साना –साना वस्तुहरुमा समेत परनिर्भर भएको र यस किसिमका वस्तुहरुको समेत वार्षिक अरबौँ रुपैयाँको आयात भएपछि मुलुकको वैदेशिक व्यापार घाटा चुलनमा मद्यत पुगेको व्यापार निकासी तथा प्रवद्र्धन केन्द्रका अधिकारीहरुको भनाई छ ।
चालु आर्थिक वर्षमा मात्रै मुलुकको वैदेशिक व्यापार घाटा १० खरब रुपैयाँ नाघिसकेको छ । गत आर्थिक वर्षमा समेत नेपालको वैदेशिक व्यापार घाटा करिब १० खरबको हाराहारीमा रहेको थियो ।