- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आमरण अनसनरत प्राडा गोविन्द केसीको आन्दोलनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले पनि ऐक्यवद्धता जनाएको छ ।
राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जवरा सोमबार बिहान केसी अनसनरत स्थल शिक्षण अस्पताल महाराजगञ्ज पुगेर केसीको आन्दोलनलाई ऐक्यवद्धता जनाएका हुन् ।
राणाको कुरा डा केसीले सुनिरहे पनि प्रतिक्रिया जनाउन सकेनन् । २४ दिनदेखि आमरण अनसनरत डा केसीको स्वास्थ्य खस्किँदो छ । उनी बोल्न सक्दैनन् ।
उपचार सेवासमेत नलिएका केसीको माग पूरा गर्न सरकार उदासीन भइरहँदा उनको चिकित्सा शिक्षा र सेवाको मागप्रति ऐक्यवद्धता जनाउने दलहरु बढेका छन् ।