- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बेनी, कङ्गो। लोकतान्त्रीक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा इबोलाका कारण थप दश जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार अरु २७ जनाको पनि इबोलासम्वन्धी रोगका कारणले नै मृत्यु भएको आशङ्का गरिएको छ।
दक्षिण किभु प्रान्तमा यही अगस्ट १ तारिखमा इबोलासम्वन्धी ४४ विरामी फेला परेको र अन्यस्थानमा पनि इबोलाको शंकास्पद विरामीहरु भेटिएको पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
दशौँ लाख मानिस बस्ने गोमा सहरमा पनि दुई शंकास्पद विरामी भेटिएको अधिकारीहरूले जनाएका छन्। सन् १९७६ देखि कङ्गोमा इबोलाको प्रकोप अहिले दशौँ पटक देखिएको हो। पहिलो पटक कङ्गो नजिकै रहेको इबोला नदीमा यो रोगको पुष्टी भएको थियो।
अहिलेको प्रकोप दक्षिण किभुको बेनी क्षेत्रमा फैलिएको छ। जुन ठाउँ युगाण्डा र रुवाण्डासँगको सिमा क्षेत्रमा पर्दछ। कङ्गोका विभिन्न ठाउँमा इबोलाका कारण यसअघि हजारौँको मृत्यु भइसकेको समाचारमा जनाइएको छ। एएफपी