arrow

यी हुन् विश्वका सबैभन्दा सुन्दरी एयरहोस्टेज भएका एयरलाइन्स

logo
प्रकाशित २०७५ भदौ ४ सोमबार
Aviation-and-Hospitality-Management.jpg

एजेन्सी । आर्थिक मन्दीको क्रममा विश्वका सबै क्षेत्र डामाडोल हुदा त्यसको असर उड्डयन क्षेत्रमा समेत पर्‍यो । घाटाको यो अवस्थामा विश्वका चर्चित एयरलाइन्सहरुले नयाँ रणनीति अख्तियार गरे ।

सामन्यत: उड्डयन क्षेत्रमा आर्थिक जोह टिकट विक्रीबाट हुने गर्दछ । पटक-पटक टिकटको मूल्य बढाउदा यात्रुको संख्यामा कमी आउने खतरा पनि सो क्षेत्रमा छ । यसैले एवियेशन इन्डस्ट्रीमा बिकिनी एयरहोस्टेज र हट एयरलाइन्सको चलन सुरु भएको छ । ताकि यसबाट विमान लोड होस् र पैसा मनग्य कमाउन सकियोस ।
 
जर्मनी
जर्मनीमा शारिरीक खुल्लापन सामान्य विषय हो । आर्थिक मन्दीले सताएको वर्ष सन् २००८ मा जर्मनमा यस्तो एयरलाइन्सको सुरुवात भयो । जसमा यात्रुले लुगा खोलेर यात्रा गर्न सक्दछन् । भित्रि वस्त्रबाहेक अन्य लुगा खोल्न पाइन्छ ।  एक जर्मन ट्राभल एजेन्सीले विश्वको यो पहिलो नग्न एयरलाइन्स सर्भीसको सुरुवात गरेको हो । सो एजेन्सीमा टिकट बुक गरी जर्मनीको एरफर्ट शहरबाट बाल्टिक समुद्र तट सम्म यात्रा गर्न सकिन्छ । यात्रीले सो एयरलाइन्समा ड्रैसलेस हुन त सक्छन् तर, एयरलाइन्सबाट बाहिर निक्लिदै कपडा लगाउनु पर्ने हुन्छ ।
 
भियतनाम
भियतनामको विएटजेट एविएशनका मालिक गुयेन फुओगले आफ्नो एयरलाइन्समा बिकिनी गर्ल्सको व्यवस्था गरेका छन् ।  बिकिनी गर्ल्सनै सो  एयरलाइन्सको एयरहोस्टेज हुन् । फुओग आफ्नो आइडियाका कारण आज अर्बपति बनिसकेका छन् ।
 
माल्टा
एक वर्ष पहिले एयर माल्टाले आफ्नो यात्रुको लागि नयाँ सेवा सुरु गरेको छ । एयरलाइन्सले यात्रुको लागि फ्री-मसाजको सुविधा सुरु गरेको छ । सो  एयरलाइन्सको फ्लाइटमा एयरहोस्टेजले यात्रुको हात, खुट्टा, गर्दन र टाउको मसाज गर्दछन् । त्यती मात्र नभई  एयर माल्टाले  स्पा र ब्यूटी प्रोडक्ट्सको लागि वाउचर सर्भीसको पनि सुरू गरेको छ ।

एयर न्यूजिल्याण्ड
एयर न्यूजिल्याण्डले सन् २०११ मा  लामो दुरीको यात्रुको लागि नयाँ सेवा सुरु गर्‍यो । न्यूजिल्याण्डबाट लस एन्जल्स सम्म जानेहरुका लागि यस्तो सिट बनाइएको छ जसमा खुट्टा फैलाएर सुत्न सकिनेछ । यस विमानमा विवाहित जोडी र परिवार भएकाहरुले यात्रा गर्न मन पराउने सो एयरलाइन्सले जनाएको छ ।

हुटर्स एयरलाइन्स
हूटर्स एयरलाइन्सले पनि यात्रीहरुको लागि गजबको सेवा सुरु गरेको छ । सो एयरलाइन्सको विमानमा यात्राको समय हट होस्टेसले यात्रीलाई भरपुर सेवा दिन्छन् । यात्राको क्रममा ती होस्टेजले कयौ खालका गेम्स देखाउछन् । यात्रुको चाहाना अनुसार मनोरन्जनको लागि यी होस्टेजलाई हायर पनि गर्न सक्ने व्यवस्था समेत एयरलाइन्सले गरिदिएको छ ।



लोकप्रिय समाचार
नयाँ