arrow

जेलमै परिवारजनलाई भेट्न पुर्वप्रधानमन्त्री नवाज सरिफलाई अनुमति

logo
प्रकाशित २०७५ भदौ ८ शुक्रबार
nawaz-sharif-daughter.png

रावलपिण्डी, पाकिस्तान। पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज सरिफलाई जेल भित्रै परिवारजनलाई भेट्न विषेश अनुमति दिइएको छ। रावलपिण्डीमा रहेको अदैला जेलमा शुक्रबार उनलाई भेट्न परिवारजनलाई अनुमति दिइएको अधिकारीहरुले जनाएका छन्।

एउटै जेलमा रहेकी उनीकी छोरी मार्याम नवाजलाई पनि जेलमै गएर परिवारजनले भेट्न पाउने व्यवस्था भएको समाचारमा जनाइएको छ। यसअघि गत बुधबार पुर्वप्रधानमन्त्री सरिफका भाइ तथा पाकिस्तान मुस्लिम लिग (नवाज) का अध्यक्ष शेहबाज शरीफ र उनको परिवारका सदस्यहरूले बाबु छोरीलाई नै अदैला जेलमा भेटेको श्रोतले जनाएको छ।

गत जुलाई ६ मा नवाज र मार्यामलाई अदालतको आदेशमा जेल चलान गरिएको छ। पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बन्नुभएका शरीफलाई १० बर्ष जेल सजाय तोकिएको छ भने ८० लाख पाउण्ड स्ट्रर्लिङ जरिवाना तिर्न आदेश दिइएको थियो।
त्यसैगरी उनकी छोरी मार्यामलाई आठ बर्ष जेल सजाय र २० लाख पाउन्ड स्ट्रर्लिङ जरिवाना तोकिएको थियो। एएनआई



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ