arrow

पुटिनले टर्कीका समकक्षीलाई भेट्ने

logo
प्रकाशित २०७५ भदौ १६ शनिबार
putin.jpg.jpeg

मस्को। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका समकक्षी रिसेप तैयप एर्डोगानलाई भेट्ने तयारी गरेका छन्। इरानको तेहरानमा हुने एउटा शिखर सम्मेलनका क्रममा उनले “भेट्ने तयारी सुरु भएको” रूसी राष्ट्रपतिको कार्यालयले शुक्रबार जनाएको छ। सिरियामा भइरहेको द्वन्द्व अन्त्यका बारेमा तीन देशका शिर्ष नेताहरुले भेटेर छलफल गर्ने कार्यक्रम रहेको छ।

टर्कीका सञ्चार माध्यमहरूका अनुसार इरान, रुस र टर्कीका राष्ट्रपतिबीच आउँदो सेप्टेम्बर ७ तारिखका दिन भेट्ने तय भएको जनाइएको छ। निजी क्षेत्रको एनटीभी टेलिभिजनले इरानको उत्तरी सहर ताब्रिजमा सम्मेलन हुने समाचार प्रसारण गरेको छ।

यी तीन नेताहरुबीच यसअघि सोचीको रुसी रिसोर्ट सिटिमा र टर्कीको राजधानी अङ्कारामा भेट भएको थियो। अव हुने तय भएको शिखर सम्मेलनमा छलफलको मुख्य एजेण्डा सिरियामा भएको द्वन्द्वको समाधान नै हुने अपेक्षा गरिएको छ। एएफपी



लोकप्रिय समाचार
नयाँ