arrow

इन्टरनेट सेवामा गुगलको २० वर्ष पूरा

logo
प्रकाशित २०७५ भदौ २० बुधबार
google.jpg

काठमाडौं । अनलाइन खोजी यन्त्र गुगलले आफ्नो पहिलो सेवा सुरु गरेको २० वर्ष पुगेको छ । अहिले गुगलका विभिन्न सात किसिमको प्लेटफर्महरु रहेका छन्, जहाँ एक अर्बभन्दा बढी मासिक प्रयोगकर्ताहरु रहेका छन् । 

यद्यपि गुगल सार्वजनिक भएको वास्तविक मिति भने यकिन हुन सकेको छैन । कम्पनीले गुगल सेप्टेम्बर ४ बाट नै आफ्नो अनलाइन सेवा सुरु भएको र एक दशकभन्दा अघिदेखि नै सेप्टेम्बर २७ लाई वार्षिक उत्सवको रुपमा मनाइने गरेको बताएको छ । 

२० वर्षको अवधिमा गुगल कम्पनीमा अहिले दशौं हजार कर्मचारीहरु रहेका छन् भने विश्वका ६० भन्दा बढी मुलुकहरुमा यसको शाखा कार्यालय रहेको छ । अहिले भने कम्पनी अल्फाबेटको एक कम्पनीको रुपमा रहेको छ । सन् २०१५ मा अल्फाबेट कम्पनीको स्थापना गरिएको थियो । 

गुगलको महत्वपूर्ण उत्पादन गुगल क्रोम आएको पनि १० वर्ष पूरा भएको छ । सुन्दर पिचाइको नेतृत्वमा गुगल तथा युट्युबको उल्लेख्य वृद्धि भएको छ । गुगलको राजस्व सन् २०१८ को दोस्रो त्रैमासमा २६ प्रतिशतले बढेर २३ अर्ब ३० करोड डलरमा पुगेको छ । 

सोही अवधिमा अल्फावेटको राजस्व २६ अर्ब २४ करोड डलर पुगेको छ भने नाफा ३ अर्ब २० करोड डलर पुगेको छ । गुगलले सबैका लागि आवश्यक र सुहाउँदो किसिमका सेवाहरु ल्याउने र समयअनुसारको प्रविधिहरुको पनि प्रयोग गर्दै अघि बढ्ने बताएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
नयाँ