arrow

दिगम्बर झा फेरि दूरसञ्चार प्राधिकरणको अध्यक्ष

logo
प्रकाशित २०७५ भदौ २२ शुक्रबार
digambar-jha.jpg

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा फेरि पनि दिगम्बर झा नियुक्त भएका छन्। विहिबारको मन्त्रिपरिषद बैठकले ४ वर्षका लागि फेरि झालाई प्राधिकरणको अध्यक्ष बनाएको हो । 


सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरूङ संयोजक रहेको सिफारिस समितिले गरेको सिफारिस अनुसार झा प्राधिकरणमा दोहोरिएका हुन्। 

समितिले झासँगै पूर्व सचिव सुशील घिमिरे र प्राधिकरणका वरिष्ठ निर्देशक पुरूषोत्तम खनाललाई अध्यक्षका लागि सिफारिस गरेको थियो ।

वर्तमान सरकारले काम गर्न नसकेको भन्दै झालाई यसअघि प्राधिकरणबाट हटाएको थियो। सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सर्वोच्चले अन्तरिम आदेश दिँदै झालाई फिर्ता बोलाएको थियो । तर झाले मुद्दा फिर्ता लिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ