- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल साफ फुटबलको सेमिफाइनलमै समिमित भएको छ । बंगलादेशमा जारी १२औं संस्करणको सेमिफाइनलमा मालदिभ्ससँग ३–० ले हारेसँगै नेपाल सेमिफाइनलमै सिमित भएको हो ।
अहिलेसम्म नेपाल साफको फाइनलमा पुग्न सकेको छैन । गोलाप्रथाको निर्णयबाट सेमिफाइनल पुगेको माल्दिभ्सलाई हराउँदै नेपालले यो पल्ट फाइनल पुगेको इतिहास रच्ने लक्ष्य लिएको थियो । योसँगै माल्दिभ्ससँग हार भोगेका खेलको संख्या पनि पाँच पुगेको छ । पहिलो हाफको सुरुवातमा फ्रिकिकमार्फत गोल गर्दै अग्रता लिएको मालदिभ्सले अन्तिम १० मिनेटमा दुई गोल थप्यो ।
पहिलो हाफको अन्त्यतिर नेपालका कप्तान भरत खवासले खाली पोष्टमा समेत गोल गर्न सकेनन् । जसकारण नेपालले माल्दिभ्सविरुद्ध यो संस्करणमा गर्न सक्ने गोल समेत गर्न सकेन । मालदिभ्सको अन्तिम दुई गोल इब्राहिम वाहिदले गरेका हुन् । पहिलाे गाेल फ्रिकिकमा कप्तानले गरे । दोस्रो हाफमा मैदान छिरेका नवयुग श्रेष्ठले पनि लाइन नजिकबाट गोल गर्न सकेनन् ।
साफ च्याम्पियनसिपमा नेपालले मालदिभ्सलाई अहिलेसम्म हराउन सकेको छैन । तीन पटक उपविजेता र एक पटक विजेता बनेको माल्दिभ्स पाँचौ पटक फाइनलमा पुगेको छ । नेपालले माल्दिभ्सविरुद्ध अहिलेसम्म खेलेका ७ खेलमध्ये २ खेलमात्रै बराबरी गरेको छ । पाँच खेल हारेको छ । माल्दिभ्सविरुद्ध साफमा ७ गोल गर्दा नेपालले १७ गोल खाएको छ ।