arrow

माछापुच्छ्रे बैंकका थप ४ शाखा रहित बैकिङ्ग सेवा संचालनमा

logo
प्रकाशित २०७५ असोज २५ बिहिबार
machhapuchre.jpg

काठमाडौं ।  माछापुच्छ्रे बैंक लिमिटेडले तनहुँ र खोटाङ्गमा ४ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले तनहुँको बन्दिपुर गाँउपालिका, खोटाङ्गको रुपाकोट मझुवागढि नगरपालिका, खोटाङ्गको हलेसी तुबचुङ्ग नगरपालिका (च्यास्मीटार),  खोटाङ्गकै हलेसी तुबचुङ्ग नगरपालिका (धितुङ्ग) मा थप ४ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

यो सहित माछापुच्छ्रे बैंकको हालसम्म ३३ शाखा रहित बैकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

 बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२१ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ