- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अमेरिकी कार निर्माता फोर्डको चीनको व्यापारमा गत सेप्टेम्बर महिनामा ४३ प्रतिशतको गिरावट आएको छ । फोर्डको लागि चीनको बजारमा लगातार तेस्रो महिनामा व्यापारमा कमी आएको देखिएको हो ।
अमेरिका र चीनको बीचमा देखिएको व्यापारयुद्धको मारमा फोर्ड परेको हो । फोर्डले चिनियाँ कार निर्माताहरुसँग सहकार्य गरेर आफ्नो व्यापार गरिरहेको भए पनि व्यापारिक हिसाबमा आशा गरिएअनुसारको नतिजा भने हासिल गर्न नसकेको हो ।
यस वर्षको सुरुवातयता फोर्डको सेयरमा पनि ३० प्रतिशतको व्यापक गिरावट आएको छ । गत शुक्रबार फोर्डको सेयर एक वर्षयताकै सबैभन्दा कमजोर बन्न पुगेको थियो । अधिकारीहरुले सन् १९९० को दशकपछि पहिलोपटक एसियाको व्यापारमा यस किसिमको गिरावट आएको बताएका छन् ।
चीनमा व्यापारमा गिरावट आउनुमा चीनको आर्थिक प्रणाली पनि प्रमुख कारण रहेको बताएका छन् । त्यसका साथै पछिल्लो समय व्यापारिक हिसाबमा देखिएको अन्योलताले पनि कम्पनीको व्यापार सुस्त बन्न पुगेको केहीले बताएका छन् । (एजेन्सी)