arrow

सोडारीको मन्त्री पदमात्र गएन नेकपाबाटै भए निस्कासित

logo
प्रकाशित २०७५ कार्तिक २८ बुधबार
sodari-flag.png

काठमाडौं । पदीय दूरुपयोग गरी मर्यादा नाघेसंगै मन्त्री पद नै गुमाएका दीर्घराज सोडारी पार्टीबाटै निस्कासित भएका छन् । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीबाट पदमुक्त गरिएका दीर्घराज सोडारीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीबाट निस्कासन गरेको हो । नेकपाको मंगलबार बसेको प्रदेश कमिटी बैठकले सोडारीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासित गरेको हो । 

नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले सोडारी पार्टीको मर्म बिपरित चलेको र साधनस्रोतको दुरूपयोग गरकाले कारवाही गरिएको जानकारी दिए । 

सोडारीको कार्यशैली सन्तोषजनक नभएको भन्दै उनलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको नेकपाले जनाएको छ । यो समाचार पनि पढौं – अपराधिक गतिविधिमा संलग्नलाई जोगाँउदा सोडारीले गुमाए मन्त्री पद



लोकप्रिय समाचार
नयाँ