- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बलायती प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जिटको विकल्प नभएको बताएकी छिन् । उनले अघि सारेको ब्रेक्जिटको योजनाको कुनै पनि विकल्प नरहेको बताएकी हुन् । पछिल्लो समय ब्रेक्जिटबारे विभिन्न आशंकाहरु देखिएको अवस्थामा मेले यस्तो बताएकी हुन् ।
आगामी साता बेलायतको ब्रेक्जिटको खाकाको विषयमा ईयूका नेताहरुसँग वार्ताको तयारी चलिरहेको अवस्थामा यस किसिमको अभिव्यक्ति आएको हो । ईयूसँग वार्ताको लागि यो भन्दा राम्रो हुनै नसक्ने मेको दाबी छ ।
यदि संसदले यो सम्झौता अस्वीकार गरेको खण्डमा यसले थप विभाजन, अनिश्चितता र बेलायती नागरिकहरुको मतको अपमान हुने उनको भनाइ छ । अहिले बेलायतमा ब्रेक्जिटबारे पुनः मतदान गर्नुपर्ने भन्दै एउटा अभियान नै सञ्चालन भएको छ ।
अहिले ईयूमा अनुमोदनको लागि पठाइएको प्रस्ताव पुनः बेलायतको संसदले अनुमोदन गर्नुपर्ने हुन्छ । बेलायतको संसदबाट भने यो प्रस्ताव अस्वीकार हुनसक्ने देखिएको छ ।
सो प्रस्ताव अस्वीकार भएमा विना सम्झौता ब्रेक्जिट हुने वा पुनः ब्रेक्जिटबारे जनमत गर्ने विकल्प हुनेछ । थप समस्या सिर्जना गर्नसक्ने बताइएको छ ।