- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रणवीर कपूर र आलिया भट्ट पछिल्लो समय आफ्नो सम्बन्धको कारण निकै चर्चामा छन् । बुधबार दुवै एक क्लिनिक वाहिर देखिएका थिए । सो क्लिनिकमा आलियाले घाउको उपचार गराएकी थिइन् ।
चलचित्र ‘ब्रह्मास्त्र’ को सुटिङको क्रममा आलिया पुन: घाइते भएकी थिइन् । जस क्रममा उनका प्रमी रणवीरले उनलाई क्लिनिक लिएर गएका थिए । आलियाको खुट्टामा पट्टी बाधिएको थियो । सो भिडियो निकै भाइरल भएको थियो । पछिल्लो पटक एक नयाँ भिडियो सार्वजनीक भएको छ जसमा रणवीर आलियासँग भेट गर्न उनको घर पुगेका छन् ।
#ranbirkapoor snapped yesterday leaving #aliabhatt home @viralbhayani
A post shared by Viral Bhayani (@viralbhayani) on Nov 21, 2018 at 10:05pm PST
सो भिडियोमा राति अवेरसम्म रणवीर आलियाको घर बाहिर कुराकानी गरेका थिए । तर उनले संचारमाध्यमलाई पुरै इग्नोर गरेर आफ्नो गाडिमा बसेर बाहिरिएका छन् ।
सो भिडियोमा एक फ्यानले कमेन्टमा लेखेका छन् 'रणवीर र आलिया जानी बुझि एकै साथ घुमि रहेका छन् ताकि दीपिका-रणवीरको विवाह विच अन्टेशन पाउन सकुन् ।'
यो भन्दा पहिले दुवैको तस्बिर सोशल मीडियामा बाहिरिएको थियो । सो तस्बिरमा आलिया भट्ट रणवीर कपूरसँग रिसाएको देखिन्छ । तस्बिरमा रणवीर आफ्नो फोनमा व्यस्त देखिन्थे । उनको छेउमा बसेकी आलियाको हल्का रिसाएको प्रतिक्रिया देखिएको थियो ।