arrow

बोको हरामको विद्युतीय धरापमा परेर ७० सैनिकको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७५ मंसिर ७ शुक्रबार
NigeriaBokoHaram_ap.jpg

लागोस, नाइजेरिया। नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा बोको हरामले राखेको विद्युतीय धरापमा परी ७० भन्दा बढी सुरक्षाकर्मीहरू मारिएका छन्। केही दिन अगाडी भएको घटनामा परी उनीहरू मारिएको सैन्य अधिकारीहरूले शुक्रबार सिन्ह्वालाई जानकारी दिएका छन्।

बोर्नोको मेलेटे क्षेत्रमा बोको हरामले सुरक्षाकर्मीहरूको टोलीलाई लक्षित गरेर राखेको विद्युतीय धरापमा उनीहरू परेको सुरक्षा श्रोतले जनाएको छ।

मारिएका मध्ये अधिकांश तल्लो तहका सैनिक रहेका छन् भने एक जना प्रमुख सेनानी रहेको समाचारमा जनाइएको छ। तर सैन्य प्रवक्ताले भने यस बारेमा कुनै प्रतिक्रिया दिनु भएको छैन।



लोकप्रिय समाचार
नयाँ