arrow

‘रुस आईएसभन्दा पनि खतरानक’

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर ९ आइतबार
putin4.jpg

काठमाडौं । बेलायती सेनाका प्रमुख जनरल मार्क कार्लस्टन–स्मिथले बेलायतको राष्ट्रिय सुरक्षाका लागि रुस आईएसभन्दा पनि खतरानक रहेको बताएका छन् । 

गत जुन महिनामा पदभार ग्रहण गरेपछिको पहिलो साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले निर्विवादरुपमा रुस आतंकवादी संगठनहरुभन्दा पनि खतरानक बन्दै गएको  बताएका हुन् । 

उनले रुस पछिल्लो समय पश्चिमा मुलुकहरुको अति संवेदनशील विवरणहरुको जासुसी गर्ने तथा शोषण गर्ने योजनामा अघि बढिरहेको बताएका छन् । 

विशेषगरी साइबर, अन्तरिक्ष तथा सामुद्रिक क्षेत्रको पकडको विषयमा रुस सुनियोजित प्रयासमा रहेको बताएका हुन् । यद्यपि यस मामिलालाई त्यसै छाड्ने पक्षमा भने आफूहरु नरहेको उनले बताएका हुन् ।  

बेलायती सेना प्रमुखले यसअघि विभिन्न आतंकवादी संगठनहरुमाथिको कारबाहीको नेतृत्व गरेका थिए । 



लोकप्रिय समाचार
नयाँ