arrow

चिनियाँ ५ स्टार होटलहरुको सफाइ यस्तो !

logo
हाम्रा कुरा
प्रकाशित २०७५ मंसिर १२ बुधबार
cleaning1.JPG

काठमाडौं। चीनको विलासी होटलहरुको सफाइको विषयमा एक भिडियो भाइरल भएको छ। सामाजिक सञ्जालमा सफाइको भिडियो भाइरल भएको छ। सफाइ गर्ने अनौठो तरिकाको कारण यो भिडियो भाइरल भएको हो।

अहिले सार्वजनिक भएको भिडियोमा होटलका एक कर्मचारी एकै कपडाले ट्वाइलेट, पानीको कप, होटलको सिसा तथा अन्य चीजहरु सफा गरिररहेको देखिएको छ। समाचारमा बताइएअनुसार चीनका कि शांगरी–ला, हिल्टन, मौरियट हायातसमेतलगायतका करिब १४ विलासी होटलमा यस्तो भइरहेको देखाइएको हो।

शांगरी–ला होटलमा एक रात बसेको १४८ पाउण्डदेखि २८४ सम्म पर्ने गरेको छ। यो होटलको भीडियोमा सफाइ गर्ने कर्मचारीले सबैजसो सफाइको लागि एउटै कपडाको प्रयोग गर्ने गरेको देखिएको हो।

यो भिडियो सार्वजनिक भएसँगै चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले पाइभ स्टार होटलको स्वच्छता तथा सफाइको जाँच गर्ने बताएको छ ।  

चिनियाँ वेबसाइट वेबोमा यो भिडियो सार्वजनिक भएको थियो । जसमा चस्मादेखि शौचालयसम्म एउटै कपडाले पुछ्ने गरेको देखिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ