arrow

गाउँपालिकाले नै गर्यो नयाँ १९ शिक्षक नियुक्त 

logo
अंगद यादव
प्रकाशित २०७५ पुष ५ बिहिबार
susta-gaupalika.jpeg

नवलपरासी पश्चिम । नवलपरासी पश्चिम सुस्ता गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा शिक्षक अभाव भएपछि गाउँपालिका आफैले दरबन्दि सिर्जना गरी शिक्षक नियुक्ति गरेको छ । सामुदायिक विद्यालयमा शिक्षक अभाव हुँदा पठनपाठनमा समस्या र शैक्षिक गुणस्तरमा कमि देखिएपछि गाउँपालिकाले दरबन्दि ब्यबस्था गरेको हो ।

गाउँपालिकाले १९ वटा दरबन्दि सिर्जना गरेर करारमा शिक्षक नियुक्ति गरेको छ । गाउँपालिकाले १३ जना शिक्षकलाई आधारभुत तह र ६ जना शिक्षकलाई मावि तहमा करार नियुक्ति गरी १० वटा विद्यालयमा शिक्षक ब्यबस्थापन गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताएका हुन् । 


शिक्षकहरुका लागि आवश्यक तलव ब्यबस्थापन पनि गाउपालिका आफैले ब्यबस्थापन गर्ने गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । गाउँपालिकाको आन्तरिक स्रोतबाट शिक्षकहरुको तलवको ब्यबस्थापन गरेको पाण्डेले जानकारी गराएका छन् । 

सुस्ता गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार गर्नका लागि गाउसभा मार्फत प्रस्तुत आर्थिक बर्ष २०७५–०७६ को बजेटमा समेत उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । आवश्यकता अनुसार शिक्षा क्षेत्रमा अन्य विकासका कामलाई समेत उच्च प्राथमिकता दिएर काम गरिरहेको अध्यक्ष पाण्डेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ