arrow

पञ्चवर्षीय जीवीकोपार्जन सुधार योजना पारित

logo
भुवनेश्वरी शाही,
प्रकाशित २०७५ पुष ५ बिहिबार
jibiko-parjan.jpg

बाजुरा । बडीमालिका नगरपालिकाले नगर क्षेत्र भित्रका स्थानीयबासीहरुलाई आत्मनिर्भर बनाउनका लागि पञ्चवर्षीय जीवीकोपार्जन सुधार योजना पारित गरेको छ । नगरपालिकाको मंगलबार बसेको कार्यपालिकाको बैठकबाट उक्त कार्य योजना पारित गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले जानकारी दिएका छन् ।

उनले खुसी नगरबासी समृद्ध नगर नारालाई सफल पार्ने हेतुले पाँच वर्ष सम्मका लागि कृषि,पशु पर्यटन र उद्योग व्यवसायीमा आत्मनिर्भरका तालिम,लगायतका कार्यक्रमले जीवीकोपार्जन सुधार योजना  ल्याईएको भण्डारीले बताएका छन् । जीवीकोपार्जन सुधार योजना ०७५ देखि ०८० सम्म लागु हुने भएको छ । सुधार  योजनामा स्थानीय स्तरमा उत्पादनलाई जोड दिने,कृषि पशुपालनमा उत्पादितलाई पकेट क्षेत्रका रुपमा लिने,कृषकको आयआर्जनमा वृद्धी गर्दै पशुपक्षी सुरक्षा र कृषि बाली विमा कार्यक्रम ल्याउन उद्देश्य रहेको नगर प्रमुख पदम बडुवालले बताए । उनले पञ्चवर्षीय योजनामा हरेक वर्षलाई उत्पादन वर्षका रुपमा लिने बताए । नगरपालिका क्षेत्र भित्रका धार्मिक तथा पर्यटकिय क्षेत्रको प्रवद्र्धन गर्नका लागि जीवीको पार्जन सुधार योजनामा समेटिएको बताइएको छ ।
 
पञ्चवर्षीय जीवीकोपार्जन सुधार योजनामा कृषकलाई भैसी पालन,बाख्रापालन,कुखुरा पालन लगायतका कार्यक्रम समावेश गरिएको बुधबार सरोकारवाला  निकायसैंगको छलफलमा नगर प्रमुख पदम बडुवालले जानकारी गराएका थिए । भैसीपालन गरेर भैसीको पाडा हुर्काउनेलाई प्रोत्साहन भत्ता र प्रमाण पत्र दिने,प्रत्येक घरमा १० डालेघाँस बोट लगाउनेलाई प्रोत्साहन,एक वडा एक व्यवसायमा जोड दिने पञ्चवर्षीय योजनाका उल्लेख गरिएको नगर उप–प्रमुख कविता विष्टले बताइन्  ।

जीवीकोपार्जन सुधार योजनामा कृषि वस्तुको उत्पादनलागत घटाउन कृषि आधुनिकिकरण तथा यान्त्रिकरणमा जोड दिने,कृषकलाई चाहिने आवश्यक मल बीउ,यन्त्र उपकरण आदीको सहज रुपमा पुर्ति तथा प्रभावकारी अनुदानको व्यवस्था गर्ने कृषि बालीको उत्पादनको जोखिमलाई न्युनिकरण गर्न प्रभावकारी बाली विमाको कार्यान्वयन गर्ने पनि पञ्चवर्षीय जीवीको पार्जनमा सुधार योजनामा समावेश गरिएको छ ।
 
त्यस्तै जीवीकोपार्जन सुधार योजनामा कृषि वस्तुको आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्ने  लगायतका कार्यक्रम ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भण्डारी भने । जीवीकोपार्जन सुधार योजनामा दिर्घकालिन र तत्कालिन कार्यक्रम समेत ल्याइएको छ । दिर्घकालिन रुपमा निर्वाहमुखी कृषी तथा पशुपालन प्रणालीका लागि बजार मुखी कृषि प्रणालीमा रुपान्तरण गर्ने,नगरपालिका क्षेत्रका सबै घर परिवारमा सहज रुपमा जीवीको पार्जन गर्न सक्ने वातावरण बनाउने  कार्यक्रम रहेका छन् ।

यस्तै जीवीकोपार्जन सुधार योजनामा गरिवीको रेखामुनी रहेका घरपरिवारको जीवनस्तर उकास्ने,अर्गानिक उत्पादनलाई प्रवद्र्धन गर्दै स्थानीय उत्पादनलाई जोड दिने,कृषिलाई व्यवसायिक र आधुनिक व्यवसायमा माग तर्फ लैजाने र पशुजन्य उत्पादनको उपभोगमा जोड दिने योजनामा समावेश गरिएका छन् ।
 
पञ्चवर्षीय जीवीकोपार्जन सुधार योजनामा नगर क्षेत्र भित्र एक घर एक उत्पादन कार्यक्रम समेत संचालन गर्ने नगरपालिकाले तयारी थालेको छ । नगरपालिकाले नगरपालिकालाई समृद्ध बनाउनका लागि शिक्षा,स्वास्थ्य,खानेपानी लगायतका क्षेत्रमा सुधार गर्दै अघि बढेको नगर प्रमुख पदम बडुवालको भनाई रहेको छ । पञ्चवर्षीय जीवीकोपार्जन सुधार योजना निर्माणका लागि  सेभद चिल्ड्रेन र पीसविन बाजुराको प्राविधिक सहयोगमा निर्माण हुने भएको छ ।

 नगर प्रमुख पदम बडुवालको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नगर ृउप प्रमुख कविता विष्ट, ,कार्यपालिका सदस्य ९ वटै वडाका वडा अध्यक्ष,सेभ द चिल्ड्रेनका प्रेम पुन पीसविन बाजुराका खडकराज जोशी र धर्म बहादुर रोकाया र पत्रकार समेतको सहभागिता रहेको थियो । नगरपालिकाका कम्प्युटर अप्रेटर वीर बहादुर विष्टले संचालन गरेको कार्यक्रमको बारेमा पनि विष्टले नै सहजीकरण गरेका हुन् । जीवीको पार्जन सुधार योजनामा सबै वडालाई समेट्दै लैजान सुझाव दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ