arrow

‘सनातन वैदिक धर्म आवश्यक’

logo
प्रकाशित २०७५ पुष ६ शुक्रबार
govinda-raj-joshi1.jpg

दमौली । नेपाली काङ्ग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले नेपालमा सनातन वैदिक धर्म आवश्यक रहेको बताएका छन् । तनहुँको दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता जोशीले नेपालमा हिन्दू धर्म नभई सनातन वैदिक धर्म आवश्यक भएको बताए । 

नेपालमा धेरै जातजातिको आ–आफ्नै धर्म र संस्कृति रहेकाले वैदिक सनातन धर्मले मात्रै सबैलाई समेट्न सक्ने उनको भनाइ थियो । 

नेपाली काङ्ग्रेसको २०१५ सालको घोषणापत्रमा समेत वैदिक सनातन धर्मलाई समेटिएको भन्दै उनले काङ्ग्रेसको सिद्धान्तसमेत यही रहनुपर्ने बताए । 

काङ्ग्रेसमा नेतृत्वको कमजोरीले गर्दा पार्टी नराम्रोसँग हारेको भन्दै उनले काङ्ग्रेस बनाउने हो भने सबै कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ