arrow

कैलालीमा नेबिसंघको विवाद थप चुलियो, खटाइयो समानान्तर प्रतिनिधि

logo
प्रकाशित २०७५ पुष ६ शुक्रबार
nebisangh-kailali.jpg

अत्तरिया । कैलाली जिल्लामा नेबिसंघको विवाद थप चुलिएको छ । १२ औं अधिबेशनका लागि संस्थापन पक्षले जिल्लाका सबै स्थानिय तहमा एकलौटी रुपमा प्रतिनिधि खटाएको भन्दै असन्तुष्ट पक्षले आफ्ना छुट्टै प्रतिनिधि पठाएको जनाएको छ । बिहीबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गरी असन्तुष्ट पक्षले आफ्ना प्रतिनिधिहरुको नाम सार्वजनिक गरेको हो ।

 असन्तुष्ट समूहले धनगढी उपमहानगरपालिकामा गणेश शाह र कृष्ण कुँवरलाई प्रतिनिधि बनाएको छ । यस्तै गोदावरी नगरपालिकामा पदम ओझा, गौरीगंगा नगरपालिकामा भरत खड्का, भजनी नगरपालिकामा सन्जय बिष्ट, घोडाघोडी नगरपालिकामा रवि गिरी ,लम्की चुहा नगरपालिकामा हृदयराज उपाध्याय र सुमन सन्ज्याल र टिकापुर नगरपालिकामा झनक तिमिल्सेनालाई प्रतिनिधि पठाएको जनाएको छ ।

त्यस्तै चुरे गाउँपालिकामा जगत महरा र देबराज ओझा, कैलारी गाउँपालिकामा रतनलाल चौधरी, जोशीपुर गाउँपालिकामा विश्वनाथ गिरी र खकेन्द्र मौनी, महोन्याल गाउँपालिकामा गणेश शाहा, जानकी गाउँपालिकामा अनमोल रावल र शंकर देबकोटा, बर्दगोरिया गाउँपालिकामा जुगराज चौधरी र सुरेन्द्र शाहलाई प्रतिनिधि पठाएको छ । 

संस्थापन पक्षले यसअघि नै आफ्ना प्रतिनिधिहरुलाई सबै स्थानिय तहमा पठाइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ