arrow

खर्वाङ्गदेखि काठमाडौंका लागि सिधै 'हाइस' सेवा शुरु हुदै

logo
कौरव खत्री,
प्रकाशित २०७५ पुष ६ शुक्रबार
Hice_JPG.PNG

गुल्मी। बालुङ्गको बुर्तिवाङ्गदेखि  काठमाडौंसम्म दैनिक दिवा सेवाको माइक्रो हाइस सेवा शुरु भएको छ । बडिगाड गाँउपालिका २ को खर्वाङ्गबजारदेखि दैनिक रुपमा विहान ७ बजेर ४५ मिनेटमा काठमाण्डौका लागि माइक्रो हाइस सेवा संञ्चालनमा आएको हो ।

माइक्रो हाइसको खर्वाङ्ग काउन्टर इन्चार्ज डिल श्रीस बालुङ्गको बुर्तिवाङ्गदेखि पहिलेदेखि नै माईक्रो हाइस सेवा संञ्चालन भइसके पनि गएको मंसिर १४ गतेदेखि खर्वाङ्गबाट समेत निश्चित कोटा निर्धारण गरेर सेवा शुरु गरेको बताए ।

श्रीस जनतालाई प्रभावकारी सेवा दिनका लागि अब छिट्टै खर्वाङ्गदेखि नै  दैनिक काठमाण्डौका लागि माइक्रो हाइस सेवा संञ्चालन गर्ने तयारी भइरहेको बताए ।खर्वाङ्गदेखि काठमाडौंसम्मका लागि दिवा सेवाको माइक्रो हाइस सेवा संञ्चालनमा आउन थालेपछि स्थानीयहरु निकै हर्षित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ