arrow

रेसुङ्गा नगरपालिकाका मेयरद्वारा नवजनचेतना दैनिक विरुद्ध गाली वेइज्जती मुद्दा

logo
प्रकाशित २०७५ पुष ६ शुक्रबार
bhattrai1.jpg

पाल्पा ।रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भूषालले नवजनचेतना दैनिकमा प्रकाशित समाचारबाट आफ्नो लिखित गाली वेइज्जती र अपमान भएको भन्दै जिल्ला अदालत गुल्मीमा मुद्दा दायर गरेका छन् । जिल्ला अदालत गुल्मीमा दायर भएको लिखित गाली वेइज्जती मुद्दाको एक प्रति तामेली म्याद जिल्ला अदालत पाल्पाबाट शुक्रबार पत्रिकाका सम्पादक जगदीश भट्टराई र प्रवन्ध सञ्चालक इन्द्रा भट्टराईले बुझेका छन् ।

म्याद तामेल गरी आएको मु्द्दाको २१ दिन सम्ममा प्रतिउत्तर दिनुपर्ने कानूनी व्यवस्था छ । नगर प्रमुख भूषालले, अदालत समक्ष गरेको फिरादपत्रमा नवजनचेतना पत्रिकामा ‘म रेसुङ्गा नगरपालिकाको मेयर पदमा निर्वाचित भई कार्यरत रही आएकोमा मेरो नाम मुछेर , ‘रेसुङ्गा नगरपालिकाका मेयरको पेट्रोल पम्पबाट मिसावट तेल बिक्री वितरण गरेर आम उपभोक्ता हितको विपरित काम गरेको रहस्य खुलेको’ भन्ने समाचारबाट मेरो गाली वेइज्जती भएको हुँदा पत्रिकाका सम्पादक र प्रवन्ध सञ्चालकलाई मुलुकी अपराध संहीता ऐन २०७४ को दफा ३०६ र उपदफा १ र २ को क अन्र्तगत कजुर जन्य अपराध गर्ने विपक्षहरु उपर मूलुकी ऐन २०७४ को दफा ३०७ को उपदफा १ बमोजिम एक बर्ष कैद र दश हजार रुपैयाँ सजाय समेत भराईपाउ भनि उल्लेख गरिएको छ ।

जिल्ला अदालत गुल्मीबाट प्राप्त तामेली म्यादलाई पाल्पा जिल्ला अदालतबाट बुझेपछि सम्पादक भट्टराईले, सम्मानित अदालतबाट प्राप्त म्याद पत्रको सम्वन्धमा कानूनले तोके अनुसार समयमा प्रतिउत्तर दिन आफुहरु गुल्मी जाने बताए । प्रकाशित समाचारमा कुनै पनि व्यक्तिलाई गाली वेइज्जती गर्ने उद्देश्य नभएको र विभिन्न प्रमाण र विज्ञप्तीका आधारमा त्यतिवेला भएका घटनाक्रम र  जिल्लाका स्थानीय उपभोक्ता र सरोकारवालाको बिरोध र प्रेस विज्ञप्तीलाई आधार बनाएर समाचार बनाईएको पनि उनले स्पष्ट पारे ।

 सम्पादक भट्टराईले भने, 'कुनै पनि सञ्चार माध्यममा प्रकाशित समाचार आचार संहीता विपरित भएको लागे पिडितले पहिलो चरणमा खण्डन गर्ने र प्रेस काउन्सिल नेपालमा समेत उजुरी गर्न सक्ने प्रावधानको उपयोग गरेको भए राम्रो हुने थियो ।'  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ