बरहथवा नगरपालिका ३० वर्षीय मालिक महतोको विभत्स ढंगले हत्या
प्रकाशित २०७५ पुष ७ शनिबार
631
Shares
सर्लाही। सर्लाहीको दक्षिण–पश्चिम क्षेत्रस्थित बरहथवामा १ युवकको विभत्स ढंगले हत्या गरिएको छ। बरहथवा नगरपालिका–५ का विलास महतोका ३० वर्षीय छोरा मालिक महतोको हत्या भएको हो।
धारिलो हतियारले टाउको क्षत विक्षत बनाएको अवस्थामा घर नजिकैकै सडकमा शनिबार बिहान महतोको शव फेला परेको छ। हत्या घटनाबारे बिहान ४ बजे थाहा भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक आमोद खैरवारले जानकारी दिए।
नयाँरोड–बरहथवा सडकखण्डबाट हात्तीडण्डा तर्फ जाने भित्रीबाटोमा टाउको क्षत विक्षत भई घोप्टो परेर लडेको अवस्थामा महतोको शव फेला परेको छ। जिल्लाकै जिरायतमा निजीविद्यालय सञ्चालन एवं अध्यापन समेत गर्दै आएका महतोको हत्यामा संलग्नको पहिचान एवं खोजी कार्य सहित घटनाबारे गम्भीर ढंगले अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खैरवारले बताए।