arrow

निर्णय नसच्याए आन्दोलन गर्छौ : उद्योग वाणिज्य संघ

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ पुष ७ शनिबार
palapa-fncci.jpg

पाल्पा। पाल्पा उद्योग वाणिज्य संघ र पाल्पा व्यापार संघले होलाङ्गदी –ढुङ्गाखानी बाईपास मोटरबाटोको विषयमा गरिएका निर्णयहरु नसच्याए आन्दोलन गर्ने बताएका छन्। उनीहरुले होलाङ्गदी बाइपासबाट गुल्मी तथा अन्य क्षेत्रमा आवतजावत गर्ने सवारी साधनहरुलाई स्वतस्फूर्त रुपमा तानसेन बसपार्क भएर वा बाईपास भएर जान पाउनुपर्ने माग गरिए पनि सम्बन्धित निकायले मागको वेवास्ता गरेकाले आफुहरुको माग नसच्याए आन्दोलनमा जाने बताएका हुन्।

गत कार्तिक २९ गते प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालको अध्यक्षतामा बसेको बैंठकले होलाङ्गदी–ढुङ्गाखानी बाईपास मोटर बाटोमा तानसेनबाट छुट्ने र तानसेन सम्म मात्रा आउने भाडाका सवारी साधन बाहेक अन्य जिल्लामा जाने भाडाका सवारी साधनहरुलाई आवतजावत गराउने निर्णय गरेको थियो। संघले संयुक्त रुपमा शुक्रबार पत्रकार सम्मेलन गरी बाईपासका कारण तानसेनको व्यापार व्यवसाय सँगै आर्थिक विकासमा नकारात्मक असर परेकाले पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत निर्णयहरु नसच्याएकाले आफुहरु आन्दोलनमा  जान बाध्य हुनुपर्ने बताएका छन्।

पत्रकार सम्मेलनमा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले जिल्लाको  समग्र विकासका लागि संघ अत्यन्तै संवेदनशील र सक्रिय रहेकाले  होलाङ्गदी –ढुङ्गाखानी बाईपासका विषयमा  पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउदा समेत ठोस निष्कर्षमा पुग्न नसकेको बताए। उनले बाईपासका कारण तानसेनका व्यापार व्यवसायी, पर्यटक, विद्यार्थी, विरामी, कृषकहरुले समेत सास्ती खेप्नु परेकाले यस्ता खालका निर्णयहरु नसच्याए आफुहरु आन्दोलनमा जान बाध्य हुने जानकारी दिए।

अध्यक्ष श्रेष्ठले समस्या  साझा भएकाले मिडियाहरुले निष्पक्ष र पादर्शी ढङ्गले समाचारहरु सम्प्रेषण गर्न पनि आग्रह गरे। पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जिवी शर्माले बाईपास सञ्चालन गर्नेबाट जिल्लाको आर्थिक र पर्यटकीय विकासमा प्रभाव पर्ने भएकाले यस्ता निर्णयहरु सम्बन्धित निकायले तत्कालै सच्याउनु पर्ने बताए।

अध्यक्ष पोखरेलले जिल्लाको विकास र सर्वसाधारण जनालाई सास्ती हुने खालका निर्णयहरु नसच्याए पसलहरु नै बन्द गरेर आन्दोलनमा  उत्रिने चेतावनी दिए। कार्यक्रममा  पाल्पा उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष राजु महर्जनले बाईपासको अर्थ नै नबुझी एकलौटी रुपमा सवारी साधनहरु बाईपास पठाउनुले तानसेनको व्यापार व्यवसायमा नकारात्मक असर पुगेको बताए। उनले बाइपासमा स्वतस्पूर्त रुपमा सवारी साधन सञ्चालन गर्न पाउनु पर्नेमा ठाउँ ठाउँमा ट्राफिक राखेर एकतर्फी सवारी पठाउनुले स्वतन्त्रता नै कुण्ठित गर्ने काम भएको आरोप लगाए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष मिलन विश्वकर्मा, प्रेस चौतारीका जिल्ला अध्यक्ष राजेन्द्र लिगल,नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य माधव अर्याल, पत्रकार कृष्ण पोखरेल, कमल तिमिल्सेना, मुक्ति न्यौपाने लगायतले  ढिलै भए पनि जिल्लाको व्यापार व्यवसायमा पर्न गएको प्रभाव प्रति संघहरुले देखाएको संवेदनशिलताको प्रशंसा गरे। उनीहरुले जिल्लाको आर्थिक विकासका लागि वृहत्त योजना बनाएर  अगाडि बढ्नु पर्नेमा संघलाई आग्रह गरे।

जिल्लाभित्र तथा बाहिरबाट आउने जाने सम्पूर्ण यात्रुबाहक यातायातका साधनहरू तानसेनको बसपार्क हुँदै स्वइच्छाले जान पाउनुपर्ने, नीजि, पर्यटक तथा रिजर्भ सवारी साधनहरू निर्वाध रूपमा बजार प्रवेश गर्न पाउनुपर्ने, मालबाहक सवारी साधनलाई भने समय तालिकाअनुसार साँझ ५ बजेदेखि बिहान नौ बजेसम्म चल्ने व्यवस्था मिलाउनुपर्ने, ट्राफिक प्रहरीले समन्वयकारी भूमिका निभाउनुपर्ने लगायतका मागहरु संघले राखेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ