arrow

सशस्त्र प्रहरी बलद्वारा शितलहर सम्बन्धि जनचेतनामूलक कार्यक्रम

logo
अंगद यादव,
प्रकाशित २०७५ पुष ७ शनिबार
aram-police-force.jpg

रनवलपरासी पश्चिम। नवलपरासी पश्चिम प्रतापपुर गाउपालिका वडा न‌ं (६ गूठी परसौनीमा रहेको जन जागृति माध्यमिक विद्यालयमा सशस्त्र प्रहरी बल बी.ओ.पी गूठी परसौनीले शितलहर सम्बन्धित जनचेतनामूलक कार्यक्रम शिक्षक तथा बिद्यार्थीहरु बीच सम्पन्न गराएको छ।

शितलहर चलेको समयमा कुपोषणको मारमा परेका,कमजोर शारीरिक अवस्था भएका बिरामी, बालबालिका बृद्ध‍‍‍‍-बृद्धा र न्यानो लुगाफाटो प्रयोग नगरेका मानिसहरुको ज्यान जान सक्ने तथा शितलहरको हिउदमा लगाइएका खाद्यन्न र नगदे बाली आलु, अन्य तरकारी, तोरी जस्ता बाली शितलहरको प्रभाबले नष्ट हुने सशस्त्र प्रहरी बल गूठी परसौनीका उपनिरिक्षक माधव पण्डितले कार्यक्रममा जानकारी गराए।

शितलहरको समयमा गाई, भैसी, गोरू, बाख्रा, खुकुरा, अन्य पशुपंछीहरुलाई शितलहरको हानि नोक्सानीबाट बच्नको लागि समयमै गाईबस्तुको गोठ तथा खोर लाई पराल गेहुको छावलीले राम्रोसँग बारबेर गरेर सुरक्षित गर्न सकिने सल्लाह पण्डितले गराउनु भएका थिए।

शितलहरको समयमा तातो पानीले नुहाउने व्यवस्था मिलाउने, धेरै चिसो बढेको अवस्थामा शरिरलाई तातो बनाउने गरम वा न्यानो हुने कपडा लगाउने तातोपानी पोषिलो खानेकुरा खाने पिउने गर्नु पर्छ, केटाकेटी, बृद्ध बृद्धा, गर्भावती महिला, बिरामी र शारीरिक रुपले मानिसलाई अत्याधिक हानी गर्ने हुदा हेरचाहमा विशेष ध्यान पुर्‍याइ शितलहर चलेको अवस्थामा मानवीय सुरक्षा गर्न सकिन्छ।

विद्यालयमा २४ जना शिक्षक कर्मचारी र ७०० विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक बावुराम शर्मा सुवेदीले जानकारी गराएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ