arrow

घरवास सञ्चालनका लागि तालीम

logo
प्रकाशित २०७५ पुष ८ आइतबार
Kanchanpur-hamrakura.jpg.jpeg

कञ्चनपुर । निकट भविश्यमा शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा सञ्चालन हुन लागेको घरवास (होमस्टे) को पर्यटन विकासका लागि आजदेखि चारदिने आधारभूत तालीम सञ्चालन गरिएको छ ।

खयरकन्द्रा सामुदायिक घरवासमा आबद्धलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तारागाउँ विकास समिति ताहाचल, काठमाडौँले तालीम दिन थालेको हो । सोमा आबद्ध समुदायलाई सैद्धान्तिक र प्रयोगात्मक गरी तालीम प्रदान गरी दक्ष बनाइने तालीम संयोजक लीलाप्रसाद तिमिल्सिनाले बताए। तालीममा घरवासका आवश्यक पर्ने आधारभूत जानकारी सिकाइने उनले जानकारी दिए।


नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले सामुदायिक संस्थाहरुको संरक्षण संवद्र्धन गर्ने दायित्व स्थानीय तहलाई भएकाले संस्कृति संरक्षण र घरवासका माध्यमबाट स्थानिय बासिन्दाको आयआर्जनका लागि नगरपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त घरवास नगरपालिकाकै पहिलो हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष कञ्चनपुरका सहायक संरक्षण अधिकृत सुदीपराज निरौलाले कोषले घरवास सञ्चालनका लागि रु १३ लाख रकम हस्तान्तरणसँगै आवश्यक तालीम र अन्य जिल्लाका उत्कृष्ट घरवासको भ्रमण गराई सञ्चालकलाई अनुभव प्रदान गरिएको बताए। घरवास सञ्चालनसँगै तरकारी, दूध उत्पादक, कुखुरापालक, परम्परागत हस्तकलाका सामान बनाउने व्यक्तिलाई समेत फाइदा हुने बताइएको छ ।

सञ्चालनमा आउन लागेको सो घरवासमा आठ घरमा १६ कोठा र ३२ वटा ओछ्यान रहेका छन् । उक्त वडा थारू समुदायको पुरानो गाउँ हो । सो वडाको नजिकै दक्षिणी भेगमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र खैकन्द्रा नाम गरेको ठूलो प्राकृतिक ताल रहेको छ । यसै तालको नामबाट उक्त घरवासको नामाकरण गरिएको छ । सो ताल कमलका फूल, चराचुरुङ्गी र जलचरका लागि प्रख्यात रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ